नर्थ म्यासेडोनियाको रात्रि क्लबमा आगलागी : कम्तीमा ५१ जनाको ज्य...
चैत ३, २०८१ आइतबार
काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ४८ रनले हराएकाे छ ।
लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२ ओभर ५ बलमा ६७ रनमा अलआउट भयो । बागमतीका कप्तान पृथु बाँस्कोटाले सबैभन्दा धेरै १५ रन बनाए । लुम्बिनीका बिप्रसन केसी र अजय चौहानले ३/३ विकेट लिए ।
यसअघि दाङको देउखुरी रङ्गशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनी ३२ ओभर ४ बलमा १ सय १५ रनमा अलआउट भयो । लुम्बिनीका आकाश त्रिपाठीले ३३ रन बनाए । बागमतीका गौतम केसीले ४ विकेट लिए । प्रतियोगितामा लुम्बिनीको यो चौथो खेलमा तेस्रो जीत हो भने बागमतीको चौथो खेलमा तेस्रो हार हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।