नर्थ म्यासेडोनियाको रात्रि क्लबमा आगलागी : कम्तीमा ५१ जनाको ज्य...
चैत ३, २०८१ आइतबार
गाजाको लाहिया शहरमा इजरायली हवाई आक्रमणमा परी तीन जना स्थानीय पत्रकारसहित कम्तीमा नौ जना प्यालेस्टिनीको ज्यान गएको छ । इजरायली ड्रोन आक्रमण कारमा बज्रिँदा धेरै जना गम्भीर घाइते भएका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
हमास नेताहरूले इजिप्टको कायरोमा मध्यस्थकर्ताहरूसँग युद्धविराम वार्ता गरिरहेका बेला यो घटना भएको हो । यो घटनाले गाजामा ठूलो लडाई रोक्ने गरी जनवरी १९ मा भएको युद्धविराम सम्झौताको कमजोरीलाई देखाउँछ ।
प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले युद्धविरामको बाबजुद इजरायली आक्रमणबाट मानिसहरू मारिने क्रम नरोकिएको बताएका छन् । जनवरी १९ यता इजरायली आक्रमणमा परी ज्यान गुमाउनेको प्यालेस्टिनीहरूको सङ्ख्या एक सय ५० जना पुगेको गाजाको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।
शुक्रवार हमासले युद्धको स्थायी अन्त्यका लागि युद्धविराम वार्ताको अर्काे चरण शुरू गरेमा एक अमेरिकी–इजरायली दोहोरो नागरिकता भएका व्यक्तिलाई रिहा गर्न सहमत भएको बताएको थियो । तर यो प्रस्तावलाई इजरायलले ‘मनोवैज्ञानिक युद्ध’ भनेर खारेज गर्याे ।
दोस्रो चरणको वार्ताका लागि मध्यस्थकर्ताहरूबाट प्रस्ताव प्राप्त गरेपछि हमासले न्यु जर्सीका मूल निवासी, इजरायली सेनामा कार्यरत २१ वर्षीय एडान अलेक्ज्यान्डरलाई रिहा गर्ने प्रस्ताव गरेको बताएको छ । इजरायलले युद्धविरामको पहिलो चरणलाई विस्तार गर्न चाहेको बताएको छ भने हमासले दोस्रो चरणअन्तर्गत मात्र बन्धकहरूलाई मुक्त गर्ने कार्य पुनः शुरू गर्ने बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।