विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो
मंसिर १६, २०८१ आइतबार
काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिगमा शनिबारदेखि सातौं चरणका खेलहरु सुरु हुँदैछन् ।
पहिलो खेलमा नेपाल पुलिसले हिमालयन शेर्पासँग खेल्नेछ भने अर्को खेल न्यूरोड टिम एनआरटी र संकटा क्लबबीच हुनेछ ।
एन्फा मैदानमा हुने खेल बिहान ११ बजेबाट सुरु हुनेछ । दुई खेल हारेको पुलिस शनिबार हिमालयन शेर्पाविरुद्ध तीन अंक बटुल्ने लक्ष्यमा हुनेछ । यता पछिल्ला दुई खेलमा लगातार पराजित हिमालयन शेर्पा पुलिसलाई स्तब्ध पार्दैै कमब्याक गर्न चाहन्छ ।
शेर्पाले ६ खेलमा तीन जित एक बराबरी र दुई हार ब्यहोरेको छ ।
अर्को खेलमा प्रतियोगितामा एक खेल पनि नजितेको एनआरटीले प्रतियोगितामा राम्रो लयमा रहेको संकटाविरुद्ध खेल्नेछ । यो खेल दिउँसो साढे २ बजे हुनेछ । संकटाले अहिलेसम्म ६ खेलमध्ये ५ खेलमा जित निकालेको थियो भने आर्मीसँग पाँच एकले पराजित भएको थियो ।
शनिबार एनआरटीविरुद्ध जित निकाल्दै संकटाले शीर्ष स्थानको मनाङसँग अंक बराबरी गर्ने लक्ष्यमा हुनेछ । संकटाको ६ खेलबाट १५ अंक रहेको छ भने शीर्ष स्थानको मनाङको पनि १८ अंक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।