उर्जामन्त्री पुन र मुख्यमन्त्री राउतबीच भेटवार्ता

 मंसिर २२, २०७५ शनिबार १०:५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – उर्जा,जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । जनकपुरस्थित मुख्यमन्त्री रावतको निवासमा भएको भेटवार्तामा कर्मचारी व्यवस्थापन र उर्जा,जलस्रोत सिंचाइ मन्त्रालय मातहतको आयोजनाको विषयमा छलफल भएको थियो । 

त्यसका साथै भेटमा मुख्यमन्त्री राउतले भारतीय जनता पार्टीका नेतासमेत रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विवाहपञ्चमीको अवसरमा जनकपुर आउन लागेको विषयमा जानकारी गराउनुभएको थियो । उहाँले त्यसका लागि प्रदेश सरकारले भ्रमणको सम्पूर्ण तयारी गरिसकेको बताउनुभयो । 


भेटमा दुई नम्बर प्रदेशमा सञ्चालित उर्जा र सिंचाइका आयोजनाहरुको बारेमा छलफल भएको थियो । 

मुख्यमन्त्री राउतले प्रदेशअन्र्तगतका कार्यक्रमहरुको विषयमा जानकारी गराउनुका सांथै केन्द्र सरकारले अघि बढाइरहेको सुनकोशी कमला डाइभर्सनले सप्तरी,सिराहालगायतका जिल्लाहरु सिंचाइबाट लाभान्वित हुने बताउनुभयो । 

जवाफमा उर्जामन्त्री पुनले सुनकोशी कमला डाइभर्सन मन्त्रालयको उच्च प्राथमिकतामा रहेको भन्दै यसले दुई नम्बर प्रदेशको विकासमा ठूलो योगदान पुर्याउने दावी गर्नुभयो । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया