पालिका उपचुनाव आज : निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
मंसिर १६, २०८१ आइतबार
एभरेष्ट प्रिमियर लिग र्इपीएल अन्तर्गत भैरहवा ग्लाडियटर्सले कीर्तिमानी चार विकेटको जित निकालेको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाउँदै दुई सय १५ रन बनायो । पोखराको पारीको सुरुवात गर्न आएका दक्षिण अफ्रिकी खेलाडी लेभीले ७९ रन बनाए । लेभीले सात चौका र सात छक्का प्रहार गरेका थिए ।
दोस्रो विकेटका लागि सुनिल धमला र केली कोट्जेरले पनि ७२ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए । धमलाले ३८ रन बनाए भने केलीले पनि ४७ रनको योगदान गरे । उत्कृष्ट सुरुवात गरेपनि पोखराले अन्तिममा एकपछि अर्को विकेट गुमाउन पुग्यो ।
विनोद भण्डारी सात रनमा आउट भए भने राजेश पुलामी तीन रनमा पेभेलियन फर्किए । पोखराका लागि पउल कोगलिनले २० रन बनाए भने साैरभ खनालले सात रन बनाए ।
जवाफमा भारतीय खेलाडी रवि इन्दर सिंहको विस्फोटक सतककाे मद्धतले भैरहवाले ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । ४८ रन बनाउँदा तीन विकेट खेर फालेको भैरहवाका लागि ओपनर प्रदिप ऐरी १४ रनमा आउट भए भने हरिशंकर शाहले खाता खोल्न सकेनन् ।
यस्तै विदेशी खेलाडी रायन टेन डोच्टे १६ रनमा पेभेलियन फर्किए । एक सय ७१ रन बनाउँदा ६ विकेट गुमाएको भैरहवाका लागि आरिफ शेखले २३ रन बनाए भने रवी इन्दर सिंहले सतक बनाए ।
१६ रनमा दुई विकेट झरेको अवस्थामा क्रिजमा आएका रवि इन्दरले ६० बलमा आठ चौका र १० छक्काको मद्दतले एक सय २५ रन बनाए । बलिङमा सुसन भारी, विक्रम सोब र पउल कोउग्लिनले दुई दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।