पुलिसलाई हराउँदै चर्च ब्वाइज बुढासुब्बा गाेल्डकपकाे सेमिफाइनलमा
माघ १९, २०८१ शनिबार
काठमाडौं – भारतका लागि प्रस्तावित राजदूत निलाम्बर आचार्यले भारतसँगको सम्बन्धलाई आत्मीय बनाउन आफूले राजदूत हुन चाहेको स्पष्ट पार्नु भएको छ ।
आचार्यले नेपालको समृद्धिका लागि भारत अभिन्न अंग भएको उल्लेख गर्दै त्यसका लागि आफूले आत्मीय सम्बन्ध कायम राख्न कूटनीतिक पहल गर्ने कामलाई उच्च प्राथमिकता दिने पनि स्पष्ट पार्नुभयो ।
आइतबार संसदीय सुनुवाई विशेष समितिमा आफ्नो योग्यता, क्षमता र भावी योजनाबारे जानकारी दिँदै उहाँले अरु देशसँग सम्बन्ध विस्तार गर्दा भारतको कटौति हुने बुझाईलाई पनि आफूले अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भारतसँगको सीमा समस्या समाधानमा पनि आफूले उत्तिकै ख्याल राख्ने स्पष्ट पार्नुभयो ।
भारतका लागि प्रस्तावित राजदूत आचार्यले भारतसँग नेपालको सीमा खुला भए पनि मन खुला नभएको टिप्पणी गर्नुभयो । उहाँले मित्र राष्ट्रको हैसियतमा नेपालले भारतसँग विश्वास निर्माणका लागि खुला मनका साथ काम गर्ने वातावरण बनाउने विषयलाई आफूले प्राथमिकता दिने योजना सुनाउनुभयो ।
आचार्यले विगतमा भारतसँग भएको समझदारी कार्यान्वयनमा पनि आफूले जोड दिने स्पष्ट पार्नुभयो । राजदूत आचार्यले भारतसँगको सम्बन्धलाई अझै आत्मीय बनाउन आफूले नेपालका राजनीतिक नेतृत्वसँग आवश्यक परामर्श गरिरहने प्रतिवद्धता पनि संसदीय समितिमा पटक–पटक दोहोर्याउनुभयो ।
बैठकमा समितिका सदस्यहरुले चीन र भारतसँगको सम्बन्धलाई सन्तुलित बनाउन भारतका लागि राजदूतमा प्रस्तावित आचार्यलाई सचेत गराएका थिए । समितिका सदस्य योगेशकुमार भट्टराईले भारत र चीनबीचको सम्बन्धलाई सन्तुलित बनाउन पहल गर्न आचार्यलाई सचेत गराउनुभयो ।
समितिका अर्का सदस्य पार्वत गुरुङले नेपाली नागरिकको भारतबिरोधी मनस्थिति अन्त्य गर्न आचार्यको गम्भीर ध्यानाकर्षण गराउनु भएको थियो । संसदीय सुनुवाई विशेष समितिका सदस्यहरुले भारतले नेपालमा हेपाहा प्रवृत्ति देखाउने गरेको भन्दै त्यसलाई रोक्न आवश्यक कूटनीतिक पहल गर्न आचार्य सफल हुने विश्वास पनि व्यक्त गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।