पूर्ण मानव अधिकारको प्रत्याभूति दिन सबै निकायको प्रयास जरुरी छ : परराष्ट्रमन्त्री ज्ञवाली

 मंसिर २४, २०७५ सोमबार १३:५२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन राज्यका सबै निकायको साझा प्रयासको जरुरी रहेको बताउनु भएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको संविधान मानव अधिकारका दृष्टिले विश्वमा अत्यन्तै प्रगतिशील संविधानको कोटीमा रहे पनि त्यसको सफल कार्यान्वयन सरकार एक्लैको प्रयासबाट सम्भव नहुने पनि स्पष्ट पार्नुभयो ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर पूर्व राजदूत शम्भुराम सिंखडाको पुस्तक ‘ह्यूमन राइट्सः ह्यूमन रङ्स’ नामक पुस्तकको सोमबार काठमाडौंमा बिमोचन गर्दै उहाँले नेपालले मानव अधिकारको विश्वव्यापी मूल्य मान्यतालाई आत्मसात गरिरहेको दाबी पनि गर्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले मानव अधिकारसँग सम्बन्धित संविधानमा उल्लेख गरिएका अधिकार कार्यान्वयन चुनौतिपूर्ण रहेको उल्लेख गर्दै त्यसको सफल कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई सहकार्य गर्न पनि आह्वान गर्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले विश्वमा विद्यमान गरिबी र आतंकवाद मानव अधिकारको प्रत्याभूति गराउन मुख्य चुनौतीको रुपमा रहेको उल्लेख गर्दै त्यसलाई हल गरेर अघि बढन् अन्तर्राष्ट्रिय समूदायबीचको बलियो सहकार्यको आवश्यक्तामा पनि जोड दिनुभयो ।

त्यस अवसरमा उहाँले दिगो विकास लक्ष्य हासिल गर्न नेपालसँग स्रोतको अभाव रहेको पनि स्मरण गराउनुभयो । पुस्तकमा मानव अधिकारको प्रत्याभूति गराउन गरिएको अन्तर्राष्ट्रिय प्रयास र त्यसका व्यवधानका विषयमा चर्चा गरिएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको मानव अधिकारको संरक्षणका लागि सो पुस्तक उपयोगी हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया