गाजाबाट थप ३ जना बन्धक मुक्त
माघ १९, २०८१ शनिबार
काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले संचारमाध्यमहरु गैरजिम्मेवार बन्दै गएको भन्दै समग्र सञ्चार क्षेत्रको चर्को आलोचना गर्नुभएको छ ।
सोमबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले संचारक्षेत्रले सरकारका प्रत्येक क्रियाकलापको नकारात्मक टिप्पणी गर्ने गरेको भन्दै आक्रोश पोख्नुभएको हो । सञ्चार माध्यममा सरकारले भ्रष्टाचारीलाई नियन्त्रणमा लिए भ्रष्टाचार बढ्यो भन्दै टिप्पणी गर्ने तथा बलात्कारीलाई नियन्त्रणमा लिए नक्कली भन्ने गरेको भन्दै उहाँले रोष प्रकट गर्नुभयो ।
उहाँले सरकारका हर क्रियाकलाप नक्कली हुन् भन्ने मानसिकता फैलाउने उद्देश्यले समाचार सम्प्रेषण हुने गरेको भन्दै जिम्मेवार बन्न सञ्चार क्षेत्रलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले जे गर्छ, त्यो चाहिँ सबै नक्कली हो । अरुले जे गर्छन्, त्यो मात्रै सक्कली हो ? त्यसो भए सक्कली र अपराधि कहाँ छ त । लेख्दिने पनि वा त्यस्तो गर्ने पनि बताइदिनु पर्यो नि ? उसलाई खोज्न जानुपर्यो । सक्कली को हो, देखाईदिनुपर्यो नि ।’
मन्त्री बास्कोटाले सञ्चारकर्मीका लागि सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक लागू गर्न अझै पनि सञ्चारगृहहरु इमान्दार नभएको भन्दै श्रमलाई व्यवस्थित र वैज्ञानिक बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा अनलाइन खबर डट कमका सम्पादक अरुण बराल र नयाँ पत्रिका दैनिकका सम्पादक कृष्णज्वाला देवकोटालाई प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
मन्त्री बास्कोटाले पत्रकारद्धय बराल र देवकोटालाई पुरस्कार प्रदान गर्नुभएको हो । पुरस्कारको राशी जनही २/२ लाख रुपैयाँ रहेको छ । पुरस्कार छनौट समितिमा तीर्थ कोइराला, किशोर नेपाल र गोविन्द आचार्य रहनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।