हुवावेकी वित्तीय प्रमुखमाथि अमानवीय व्यवहार भएको चीनको दाबी

 मंसिर २४, २०७५ सोमबार १९:३२:२ | रासस
unn.prixa.net

चीनले भीमकाय दूरसञ्चार कम्पनी हुवावेकी वित्तीय प्रमुख मेङ वान्झाउमाथि क्यानाडाले अमानवीय व्यवहार गरेको भन्दै कडा शब्दमा निन्दा र आलोचना गरेको छ ।

अमेरिकी आग्रहमा क्यानाडामा पक्राउ परेकी मेङलाई अमेरिका सुपुर्दगी गर्ने योजना छ । चीनले मेङलाई जेलभित्र पर्याप्त औषधि उपचारको व्यवस्था नगरिएको आरोप लगाएको छ ।

मेङले क्यानाडाको भ्यानकुभरमा रहेको अदालतमा मुद्दा दर्ता गर्नुभएको छ । उहाँले क्यानाडाली जेलबाट जमानतमा रिहा हुन पाउनुपर्ने जिकिर गर्नुभएको छ  । हुवावेले अमेरिकी आग्रह र प्रतिबन्ध विपरीत इरानसँग आर्थिक कारोबार गरेको अमेरिकी आरोप छ । डिसेम्बर १ मा भ्यानकुभरमा पक्राउ परेकी मेङलाई क्यानाडाको एक अस्पतालमा उच्च रक्तचापको उपचार गरिएको छ ।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सले मेङलाई क्यानाडेली अधिकारीहरुले पर्याप्त स्वास्थ्य उपचारको सुविधा उपलब्ध नगराएको बताएको छ । ‘हाम्रो विचारमा यो अमानवीय कार्य हो र उपचार गर्न पाउने व्यक्तिको नैसर्गिक अधिकारको उल्लङ्घन हो’, चीनको विदेश मन्त्रालयका प्रवक्ता लू काङले नियमित पत्रकार सम्मेलनमा बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया