रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता
पुस ७, २०८१ आइतबार
ज्वालामुखी विस्फोटका कारण अवरुद्ध इन्डोनेसियाली रिसोर्ट टापुमा आउने र जाने उडानहरू पुनः सञ्चालनमा आएका छन् । मौसम सुध्रिएको अवस्थामा रहेको भन्दै क्वान्टास र जेटस्टारले बालीमा आफ्नो सेवा पुनः शुरू गरेको विमान कम्पनीहरूले जनाएका समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।
एअर एशियाले पनि हिजोदेखि बाली जाने उडानहरू पुनः शुरू गरेको छ भने अस्ट्रेलियाले आफ्नो वेबसाइटमा उडानहरू पुनः शुरू गर्ने बताएको छ ।
यसैबीच, सिङ्गापुरको स्कुट एयरलाइन्सले लेवोटोबी लाकी–लाकीको ज्वालामुखी गतिविधिको कारण सिङ्गापुरबाट बाली र सुराबायाका लागि उडानहरू पुन सञ्चालन गरेको जनाएको छ ।
ज्वालामुखी विज्ञान विभागका अनुसार लेवोटोबीमा हिजो पुनः विस्फोट हुँदा यसको खाडलबाट बाक्लो खरानी स्तम्भ र लाभा बगिरहेको देखिएको थियो । तर विस्फोटका कण त्यहाँबाट उडिसकेकाले ज्वालामुखी नजिकैको लाबुआन बाजोको पर्यटक स्थलमा रहेको विमानस्थल हिजो बेलुकादेखि खोलिएको छ ।
गएको दुई हप्तादेखि भएको ज्वालामुखी विस्फोटका कारण कम्तीमा नौ जनाको ज्यान जानुका साथै हजारौँलाई सुरक्षित ठाउँमा सारिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।