र्इपीएल: सुपर अाेभरमा विराटनगरले पाेखरालार्इ ७ रनले हरायाे

 मंसिर २५, २०७५ मंगलबार १३:८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोज विराटनगर वारियर्ससँग सुपर ओभरमा ७ रनले पराजित भएकाे छ । प्रतियोगितामा पोखराको याे लगातार तेस्रो हार हो भने विराटनगरको लगातार दोस्रो जित हो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा सात विकेट गुमाउँदा ८४ रन मात्र बनाउन सक्यो । ५ रनमा पहिलो विकेट गुमाएको पोखराले १९ रन बनाउँदा चार विकेट खेर फालेको थियो ।

उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । ७८ रनमा सात विकेट खेर फालेको पोखराका पउल कोलिग्न र राजेश पुलामीको ३० रनको साझेदारी नै उच्च रह्यो । पउलले २० रन बनाए भने राजेशले १७ रनको योगदान गरे । बाँकी खेलाडी एकोहोरो रुपमा आउट भए । पोखरालाई कम स्कोरमा रोक्न पिटर भान मिकिरेनले तीन तथा रे भान डेर मर्वेले दुई विकेट लिए ।

जवाफमा विराटनगरले १९ ओभर तीन बलमा ८४ रनमा अलआउट भएपछि खेल बराबरी भयो । खराब सुरुवात गरेको विराटनगरले २८ रनमा चार विकेट खेर फाल्यो । विराटनगरका आसिफ शेख १९ तथा सन्नी पटेल आठ रनमा आउट भए । विराटनगरको स्कोर ५६ रन हुँदा सातौं विकेट झर्यो । तर अन्तिममा करण केसीले १५ रन बनाए भने हरी चौहानले १२ रन बनाए ।

अन्तिम दुई ओभरमा विराटनरलाई जितका लागि मात्र ६ रन चाहिएको थियो । तर उसले पुरा गर्न सकेन ।

अन्तिम चार बलमा मात्र एक रन चाहिएकोमा उसले अन्तिम विकेट गुमाउन पुग्यो । बलिङतर्फ पोखराका बिपिन खत्रीले तीन तथा सुसान भारी र पउल कोलिग्नले दुई-दुई विकेट लिए ।

खेल टाइ भएपछि भएको सुपर ओभरमा करण केसीको उत्कृष्ट पारीमा विराटनगरले २१ रनकाे लक्ष्य दियो । जवाफमा पोखराले १३ रन मात्र बनाउन सक्यो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया