विवादका कारण कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक लम्बियो

 मंसिर २८, २०७५ शुक्रबार २०:१५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पदाधिकारी संख्या र सदस्यता वितरणलगायतका विषयमा विवाद हुँदा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लम्बिएको छ ।

शुक्रबार राजनीतिक प्रतिवेदन र विधान टुंगो लगाउनैपर्ने भए पनि पदाधिकारी संख्या, छनोट प्रक्रिया, संसदीय समिति, सदस्यता वितरणलगायतका ७ वटा विषयमा विवाद हुँदा केन्द्रीय समिति बैठक नै शुरु हुन सकेन ।

केन्द्रीय समितिबाट राजनीतिक प्रतिवेदन र विधानको टुंगो नलाग्दा भोलिदेखि शुरु हुने महासमिति बैठक पनि निर्धारित समयमै शुरु हुन्छ कि हुँदैन भन्ने अन्यौल बढेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसोदेखि नै सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षका छुट्टाछुट्टै बैठकले पनि विवादित विषयमा सहमति जुटाउन सकेका छैनन् । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया