सरकारले ल्याएको सहकारीसम्बन्धी अध्यादेशमा एमालेकै भातृ सङ्गठनक...
माघ १९, २०८१ शनिबार
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको तेस्रो बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ ।
बैठकमा पार्टी अध्यक्षद्वयका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । २२ पृष्ठ लामो त्यो प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, संगठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महिना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलहरुको भूमिका, केन्द्रीय सचिवालयहरुको निर्णयहरुको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार शीर्षकमा चर्चा गरिएको छ ।
बैठकको अध्यक्षता गर्दै अध्यक्षद्वयले पार्टीका सामुन्ने ऐतिहासिक अवसरहरु प्राप्त भएको, नेपाली जनताले पार्टीलाई अभुतपूर्व विश्वास गरेको, वर्तमान अवस्थामा पार्टीलाई भावनात्मक रुपले अझै बढी एकताबद्ध बनाउँदै ऐतिहासिक अभिभाराहरु पूरा गर्न सामूहिक ढंगले पहल गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
बैठकले हालै नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ ,घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनाबाट ठूलो मानवीय क्षति भएकोप्रति गम्भीर दुःख व्यक्त गर्दै दुर्घटनामा मृत्यु हुने सबै व्यक्तिप्रति श्रद्धाञ्जली र शोकाकूल परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।
आजको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि अध्ययन गरी छलफल गर्न अर्को बैठक यही २०७५ पुस २ गते सोमबार बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।