टेस्ट क्रिकेटमा श्रीलङ्काको अहिलेसम्मकै ठूलो हार
माघ १९, २०८१ शनिबार
काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकार संविधान विपरीत हिँडेको भन्दै संविधानको संरक्षणका लागि कांग्रेस बलियो हुनुपर्ने बताउनुभएको छ ।
शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान चपाउन थालेको टिप्पणी गर्नुभएको हो ।
कम्युनिष्टको अधिनायकवादतर्फ देशलाई लैजाने प्रयास भैरहेको भन्दै उहाँले त्यसविरुद्ध कांग्रेस लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । कम्युनिष्ट अधिनायकवाद आएमा संसदीय प्रजातन्त्र, जनताको अधिकार, प्रेस, स्वतन्त्र न्यायालयमाथि प्रहार हुने र संसदलाई पंगु बनाउने काम हुने भन्दै उहाँले प्रजातन्त्र बचाउनका लागि कांग्रेस बलियो हुनुपर्ने बताउनुभयो ।
ओलीले कांग्रेसलाई भित्ताको साइन बोर्डमा थन्काइने भनेको उल्लेख गर्दै कांग्रेस कमजोर भए देशमा लोकतन्त्र कमजोर हुने, संसदीय व्यवस्था पंगु हुने, न्यायालय कमजोर हुने भन्ने बुझेर त्यसको संरक्षणका लागि आफू कांग्रेसमा फर्किएर आएको स्पष्ट पार्नुभयो । उहाँले कांग्रेसलाई काँध थाप्न आफू कांग्रेसमा आएको पनि उहाँले उल्लेख गर्नुभयो ।
तर पार्टीभित्रको गुट उपगुटका कारण कांग्रेस कमजोर बनेको भन्दै नेतृत्वलाई एकताको सन्देश दिन आग्रह गर्नुभयो । वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाले एउटा प्लेटको फुरनदाना खाएको उल्लेख गर्दै उहाँले दुवै नेताले सभाबाट एकताको सन्देश दिनुपर्ने बताउनुभयो ।
एकताका लागि पटक–पटक आग्रह गरेपछि सभापति देउवा र वरिष्ठ नेता पौडेललगायतका नेताहरुले सभामा उठेर हात मिलाउँदै एकताको सन्देश दिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।