टेस्ट क्रिकेटमा श्रीलङ्काको अहिलेसम्मकै ठूलो हार
माघ १९, २०८१ शनिबार
काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको कमजोरी हटाउन एकता गर्नुपर्ने बताउनुभएको छ ।
शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले एकता देखाउनका लागि मात्रै नभई यथार्थमा पार्टी एकता हुनुपर्ने बताउनुभएको हो । उपसभापति विजयकुमार गच्छदारले हात उठाएर एकताको सन्देश दिन गरेको आह्वानप्रति लक्षित गर्दै उहाँले हात उठाएर मात्रै एकतावद्ध नहुने उल्लेख गर्नुभयो । एकताको वैज्ञानिक आधार खडा गरी कार्यगत र ठोस एकता हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
युवा अवस्थादेखि सभापति देउवा र आफ्नो एउटै लक्ष्य र संघर्ष गरेका मान्छेका बीचमा मेल किन नहुने भन्दै उहाँले महासमिति सदस्यहरुलाई प्रश्न गर्नुभयो, ‘फर्केर जिल्लामा जाँदा एक भएर जानुहुन्छ कि हुँदैन ? फेरि जिल्लामा गएर छिड्के दाउ खेल्नु हुन्छ कि हुँदैन ?’
‘अगुल्टोले हानेको कुकुर बिजुली देखी तर्सिन्छ’ भनेजस्तो विगतमा पनि एकता भएको सन्देश दिएर पार्टी ठूलो दुर्घटनामा परेको उल्लेख गर्दे उहाँले भन्नुभयो ‘यथार्थवादी बनेर विषय, कार्यशैली र पार्टी भित्रको कमजोरी हटाउन एकता गरौँ ।’
नेपाली कांग्रेस धेरै ठूलो संकटमा भएको भन्दै उहाँले त्यसको सामना गर्नका लागि पार्टीभित्र एकता हुनुपर्ने उल्लेख गर्नुभयो । विगतमा उम्मेदवारीको टिकट दिँदा गल्ती भएको भन्दै सही मुल्यांकन गरेर क्षमता र योगदानको कदर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले आगामी चुनावमा ठूलो पार्टी बन्ने तयारीका साथ पार्टीले कार्यतालिका बनाई आफ्ना कार्यक्रमहरुलाई अघि बढाउनुपर्र्ने बताउनुभयो ।
कम्युनिष्टकै लहैलहैमा लागेर कार्यकर्ताहरुले पनि नेताहरुलाई बीपीको बाटो छोडे भन्ने आरोप लगाउने गरेको भन्दै उहाँले नेतृत्वले बीपीको बाटो नछोडेको दाबी गर्नुभयो । बहुलवादमा आधारित संसदीय लोकतन्त्र, गाउँमा अधिकार पुर्याउने, ग्रामिण विकासदेखि देशको अर्थतन्त्रमा सुधार ल्याउनेलगायत काम बीपीकै चाहनाअनुरुपका भएको दावी उहाँले गर्नुभयो ।
नया शोषक जन्माउनेतर्फ सरकारका कामहरु अघि बढेको भन्दै उहाँले सरकारका गलत क्रियाकलापविरुद्ध एकजुट हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । ‘सम्वृद्ध नेपाल सुखी नेपाली’को नारा दिए पनि सरकार त्यसको बाटोमा अघि नबढेको ठोकुवा गर्नुभयो । आफ्नो नारा अनुसार सरकारका क्रियाकलाप केिन्द्रत नभएकाले जनताले कांग्रेसको प्रतिक्षा गरिरहेको दावी पनि उहाँले गर्नुभयो ।
असीमित भोगको लालसामा नपर्न पनि उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो । कांग्रेस एक नभएसम्म सरकारको अधिनायकवादी शैलीविरुद्ध लड्न नसकिने भन्दै उहाँले कार्यगत एकता हुनुपर्ने जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।