दुई अध्यक्षले पेश गरेको प्रतिवेदनमा छलफल गर्न नेकपाको स्थायी समिति बैठक बस्दै

 पुष २, २०७५ सोमबार ८:५१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाठौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक सोमबार बस्दैछ । बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु हुने बैठकमा पार्टी अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु हुने नेकपाको केन्द्रीय कार्यालयले जनाएको छ ।

गएको शनिबार बसेको बैठकमा अध्यक्षको प्रतिवेदन पेश भएको हो । नेता बामदेव गौतमले पेश गरेको पुरक प्रतिवेदनका विषयमा पनि स्थायी समिति सदस्यले धारणा राख्ने छन् । अध्यक्षहरु ओली र दाहालले पार्टी र सरकारको दिशा सही रहेको तर सुनियोजित रुपमा चौतर्फी प्रहार भइरहेको दाबी गर्नुभएको छ ।

बैठकमा लामो समयसम्म पार्टी एकताको कामले पूर्णता पाउन नसको विषयमा पनि छलफल हुनेछ । तत्कालीन एमाले र एकीकृत माओवादीबीच जेठमा एकता भए पनि जिल्ला र स्थानीय तहमा एकताका काम अझै सकिएको छैन । 

यस्तै, पोलिटब्युरोको चयन, केन्द्रीय सदस्यको जिम्मेवारी र भातृ संगठनको एकताको काम पनि बाँँकी नै छ । धेरै काम हुँदा पार्टी गतिशील हुन नसकेको भन्दै नेकपाका नेताहरुले स्थायी समितिबाट धेरै काम हुने अपेक्षा गरिएको बताउँदै आएका छन् । 
 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया