सरकारले ल्याएको सहकारीसम्बन्धी अध्यादेशमा एमालेकै भातृ सङ्गठनक...
माघ १९, २०८१ शनिबार
काठमाडौं – नेपाली कांग्रेसको महासमिति बैठकस्थल मंगलबार बिहान केहीबेर तनावग्रस्त भएको छ ।
जिल्ला सभापतिहरुले विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक सुरु गर्न नदिने अडान राखेपछि त्यहाँ महासमितिका सदस्यहरुबीचमै घम्साघम्सीको अवस्था सिर्जना भएको हो । जिल्ला सभापतिहरुले राखेको अडान विपरीत सभापति शेरबहादुर देउवाले बैठक सुरु भएको घोषणा गरेपछि जिल्ला सभापतिहरु मञ्चमै उक्लिएर होहल्ला गर्न थालेका थिए । जिल्ला सभापतिहरुले होहल्ला गर्न थालेपछि सभापति देउवाले बैठक स्थगित गर्नु परेको थियो ।
बैठक स्थगित भएपछि मञ्चमा माइक लिएर नुवाकोट कांग्रेस सभापति जगदीशनरसिंह केसीले बोल्न सुरु गरेपछि सह–महामन्त्री डा. प्रकाशशरण महतले माइक खोस्नु भएको थियो । माइक खोसाखोसपछि त्यहाँ घम्साघम्सीको अवस्था सिर्जना भएको हो ।
तर, कांग्रेस सह–महामन्त्री महतले भने माइक तोडफोड गर्ने हर्कत गरेपछि आफूले त्यसलाई रोक्ने प्रयास गरेको प्रतिक्रिया दिनु भएको छ । उहाँले सभापतिले बैठक केहीबेरका लागि स्थगित गरेपछि पनि नुवाकोट जिल्ला सभापति केसीले अशोभनीय काम गरेको उल्लेख गर्दै त्यसप्रति महासमितिका सबै सदस्यहरु दुःखी रहेको दावी पनि गर्नुभयो ।
यसैबीच, कांग्रेस शीर्ष नेताहरु पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवाद समाधानका लागि छलफल गरिरहेका छन् । विधानमा देखिएको विवाद समाधान गर्न शीर्ष नेताहरु पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा छलफलमा जुटेका हुन् ।
दिउँसो २ बजे पुनः महासमिति बैठक सुरु हुने गरी तत्कालका लागि त्यस विधानमा सहमति जुटाउन नेताहरु छलफलमा जुटनु भएको पनि सहमहामन्त्री महतले जानकारी दिनुभयो । विधानमा पदाधिकारी संख्या बढाउने कि नबढाउने भन्नेमा कांग्रेस शीर्ष नेतृत्वबीच विवाद छ ।
पदाधिकारी संख्या बढाउन नहुने अडानमा संस्थापन पक्ष अडिएपछि महासमिति बैठकमा पेश गर्ने विधान मस्यौदामा सहमति जुटन नसकेको हो ।
सोमबारको महासमिति बैठकमा पनि विधानको मस्यौदा बैठकमा पेश गर्न ढिलाई नगर्न माग गर्दै होहल्ला गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।