आज राति अत्यधिक उल्का वर्षा हुँदै
पुस १९, २०८१ शुक्रबार
सर्लाही – चिनी उद्योग सञ्चनलन हुने समय अनिश्चित भएपछि उखु किसान समस्यमा परेका छन् ।
पुसको दोस्रो साता बितिसक्दा समेत उद्योग सञ्चालन हुने कुनै छाटकाँट नदेखिएपछि किसान ‘कसरी उखु बिक्री गर्ने’ चिन्तामा रहेको सर्लाही हरिपुरका उखु किसान नानीबाबु थापाले गुनासो गर्नुभयो ।
विगतका वर्षमा मंसिरको अन्तिम साताबाट क्रसिङ सुरु गर्ने सर्लाहीको इन्दुशंकर चिनी कारखाना र महोत्तरी एभरेस्ट सुगर मिलले गएको वर्षको मौज्दात चिनी बिक्री हुन बाँकी रहेकाले तत्कालै उखु क्रसिङ गर्न नसक्ने अडान राखेका छन ।
इन्दुशंकर चिनी कारखानासँग अझै एक लाख ३२ हजार क्वीटल चिनी र छुवा बिक्री हुन बाँकी रहेकाले क्रसिङ गर्न समस्या परेको कारखानाका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनकारी दिनुभयो ।
त्यस्तै महोत्तरीको एभरेष्ट सुगर मिलको गोदाममा १ लाख २२ हजार क्वीटलभन्दा बढी चिनी बिक्री हुन बाँकी रहेको उद्योगका महाप्रबन्धक युगकिश्वर चौरसियाले जनाकारी दिनुभयो ।
सर्लाहीको इन्दुशंकर चिनी कारखानाले यो क्रसिङ सिजनको लागि पुस ९ गते दोगा पूजा गर्ने तयारी गरेको छ । उद्योगले दोगा पूजा गरेपनि उखुको मूल्यमा सहमति र गएको वर्षको चिनी बिक्री नभएसम्म क्रसिङ नगर्ने जनाएको छ ।
चिनी कारखानाले यसरी उखु क्रसिङ तत्कालै नगर्ने बताएपछि किसानहरुमा उखु खेतमा नै सुक्ने होकी भन्ने चिन्ता थपिएको छ । सर्लाहीमा गएको वर्षको तुलनामा यस वर्ष ३० प्रतिशत उखु खेती बढी रहेको कारखानाको तथ्यांकमा देखिको छ । मंसिरमा उद्योग सञ्चालनमा आएको भए उखु किसानले खेतमा रहेको उखु बिक्री गरेर हिउँदे बाली गहुँ, चना मुसुरो, कमै जस्ता रबी बाली खेती गर्न सक्ने किसानहरूको भनाइ छ ।
उखुको मूल्य निर्धारण गर्न किसान अगुवा, सरकार र उद्योगबीच पटक–पटक छलफल भए पनि अझै मूल्यको टुङ्गो लाग्न सकेको छैन । एकातिर उखुको मूल्य निर्धारण नहुनु र अर्कोतिर गएको वर्ष बिक्री गरेको उखुको पैसा नपाउँदा किसान दोहोरो समस्यामा परेका छन ।
सर्लाहीको इन्दुशकर चिनी कारखाना र महोत्तरीको एभरेष्ट सुगर मिलले सरकारले किसानलाई अनुदान सहयोग बापतको ६५ रुपैयाँ २८ पैसा बाहेक अरु सबै रकम भुक्तानी गरेको छ ।
जिल्लाको अर्को अन्नपूर्ण सुगर मिलले किसानलाई अझै ३५ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ । यसरी लामो समयसम्म किसानले उखुको भुक्तानी नपाउने र यो सिजनको लागि अहिलेसम्म मूल्य निर्धारण र क्रसिङको तयारी नहुँदा उखु उखु किसान निराश भएका छन् ।
यो क्रसिङ सिजनमा उद्योगले ५ सय ४५ रुपैयाँमा उखु खरिद गर्नु पर्ने नेपाल उखु उत्पादक महासंघ अध्यक्ष कपिलमुनी मैनालीले बताउनुभयो । उहाँले उद्योगसग बाँकी रहेको चिनी नेपाल सरकारको माध्यमबाट नेपाल साल्ट ट्रडिगङ सेन्टर, नेपाल खाद्य संस्थान र नेशनल ट्रडिङ सेन्टरले तत्कालै खरिद गरेर कारखानाको गोदाम खाली गरिदिनु पर्ने उहाको भनाई छ ।
चिनी कारखानाले यो क्रसिङ सिजनका लागि गएको वर्षको मूल्यमा उखु खरिद गर्न नसक्ने अडान राख्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।