गाजाबाट थप ३ जना बन्धक मुक्त
माघ १९, २०८१ शनिबार
काठमाडाैं - नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारको विकल्प नभएको दावी गर्दै यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएकाे छ ।
पार्टी कार्यालय धुमबराहीमा बिहीबार बसेको नेकपाको स्थानीय समिति बैठकमा स्थायी समिति सदस्य भट्टराईले यस्ताे अभिव्यक्ति दिनुभएकाे हाे । साथै उहाँले पार्टीको निर्णयमा गुटउपगुट भन्दा सबैको सहभागितालाई प्राथमिकतामा राख्नुपर्ने बारेमा छलफल भएको जानकारी दिनुभयो ।
बैठकमा सरकारलाई चारैतिरबाट आक्रमण भएको भन्दै प्रतिरक्षाका लागि रणनीतिक आधार तयार पार्नुपर्ने आवाज उठेको छ ।
बैठकमा सदस्य पृथ्वीसुब्बा गुरुङले दुई तिहाईलाई बचाई राख्न तथा सरकारको प्रतिरक्षाका लागि बलियो नीति, संरचना र योजना तर्जुमा गर्नुपर्ने विषयमा छलफल केन्द्रित भएको बताउनुभएकाे छ ।
उहाँले बाहिर आएजस्तो विमतिका विषय पार्टीभित्र नभएको दावी पनि गर्नुभयो ।
बिहीबारको बैठकमा किरण गुरुङ, पेशलखतिवडा, अमृत बोहरा, पम्फा भुसाल, लिलामणि पोख्रेल, चक्रपाणी खनाल, मात्रिका यादव तथा विष्णु रिमालले अध्यक्षको प्रतिवेदनमाथि धारणा राखेका छन् । अर्को बैठक शु्करबार बिहान ८ बजेका लागि बोलाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।