गाजाबाट थप ३ जना बन्धक मुक्त
माघ १९, २०८१ शनिबार
काठमाडौं – विधानका विवादित विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अहिले बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले केहीबेरपछि बस्ने बैठकमा पदाधिकारी संख्या, छनोट प्रक्रिया, संसदीय समिति, पार्टी सदस्यतालगायतका विवादित विषय टुंगो लगाउने तयारी भइरहेको कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिनुभयो ।
उहाँका अनुसार केहीबेरअघि सकिएको पदाधिकारी बैठकले समावेशीताका आधारमा ७ जना सहमहामन्त्री रहने गरी १३ जना पदाधिकारी राख्ने सहमति भएको छ । तर यसलाई केन्द्रीय समिति बैठकले टुंगो लगाउन बाँकी छ ।
केन्द्रीय समिति बैठकले विधान पारित गरे आजै बैलूकीसम्म महासमिति बैठकमा विधान पेश गर्ने तयारी रहेको नेता खाँणले बताउनुभयो । विधानकै कारण मंसिर २९ गतेदेखि सुरु कांग्रेस महासमिति बैठक पनि लम्बिएको छ ।
यसअघि बिहीबार बेलुकीसम्म नेताहरुबीच अनौपचारिक छलफल भएपनि सहमती हुन सकेको थिएन । नेताहरुबीच सहमति नहुँदा महासमिति सदस्य र प्रतिनिधिहरु भने जिल्ला फर्किन थालेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।