सरकारले ल्याएको सहकारीसम्बन्धी अध्यादेशमा एमालेकै भातृ सङ्गठनक...
माघ १९, २०८१ शनिबार
काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक व्यवस्था अनुसार फागुन २० गतेसम्ममा संविधानसँग बाझिएका सबै ऐन संशोधन गरिने बताउनुभएको छ ।
संसदीय मामिला पत्रकार समूहका नवनिर्वाचित पदाधिकारीलाई शुक्रबार सिंहदरबारमा रहेको आफ्नै सचिवालयमा बधाई तथा शुभकामना दिँदै अध्यक्ष तिमिल्सिनाले संविधानले गरेको व्यवस्था अनुसार निर्धारित समयभित्रै सबै ऐन संसोधन गरिसक्ने बताउनुभएको हो । संघीय संसदको दुवै सदनमा पर्याप्त छलफल, विचार विमर्श गरी प्रक्रियासम्मत ढंगले ऐनहरु पास गरिने पनि उहाँले बताउनुभयो ।
कतिपय पुराना ऐनहरु सामान्य संसोधन मात्रै गरे पुग्ने अवस्थामा रहेको भन्दै उहाँले समयभित्रै सबै प्रक्रिया पूरा गरेर आवश्यक कानुनहरु संघीय संसदले पास गर्ने विश्वास व्यक्त गर्नुभयो । संघीय संसद बैठक प्रारम्भ भएको मितिले एक वर्षभित्र संविधानसँग बाँझिएका ऐन संसोधन गरी पास गरिसक्नुपर्ने व्यवस्था संविधानले गरेको छ ।
त्यसैगरी संविधान कार्यान्वयनका लागि आवश्यक नयाँ कानुन पनि आगामी फागुन २० गतेभित्र संसदबाट पास भई प्रमाणिकरण भइसक्नुपर्ने व्यवस्था छ । अध्यक्ष तिमिल्सिनाले सकारात्मक आलोचना मार्फत संसदका गतिविधि नागरिकमाझ पुर्याउने सवालमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्वाचित पदाधिकारीलाई सुझाव दिनुभयो ।
मामिलाका नवनिर्वाचित अध्यक्ष नारायण काफ्लेले ससदीय रिपोर्टिङलाई सहज र प्रभावकारी बनाउन सचिवालयको सहयोग महत्वपूर्ण भएकाले आपसी सहयोग आदानप्रदानमा सहयोगी भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।