देशको भूगोल, इतिहास र संस्कृति नै समृद्धिको आधार हो : प्रचण्ड

 पुष ६, २०७५ शुक्रबार १७:२२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देशको भूगोल, इतिहास र संस्कृति नै समृद्धिको आधार भएको बताउनु भएको छ ।

अध्यक्ष दाहालले हाम्रा भौगोलिक विविधता, गौरवपूर्ण इतिहास र संस्कृतिलाई चिन्न सकेमात्रै पनि नेपाल विश्वसामू गर्व गर्न लायक राष्ट्र बन्न सक्ने दाबी समेत गर्नुभयो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विभिन्न समुदायले आफ्नो सांस्कृतिक पहिचानबाट समृद्धि खोज्ने प्रयास गरिरहेकोमा खुशी पनि व्यक्त गर्नुभयो ।

हाम्रा परापूर्व कालदेखिका ज्ञान, हावापानी र भूगोल विश्वलाई नेपाल चिनाउन र समृद्ध बनाउन उपयोगी हुने अध्यक्ष दाहालको भनाई छ । अध्यक्ष दाहालले देशको पूर्वाधार र पर्यटन क्षेत्रको विकासका लागि पनि हाम्रा सांस्कृतिक सम्पदाहरुको पहिचानको खोजी गर्नु आवश्यक रहेको पनि बताउनुभयो ।  

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया