गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
अष्ट्रेलियाको बिग ब्याश लिगमा युवा स्पिनर सन्दीप लामिछानेले साेमबार ३ विकेट लिएका छन् ।
त्यसका बाबजुद पनि उनको टिम मेलबर्न स्टार्सले भने लगातार दोस्रो खेलमा पराजय ब्यहोरेको छ । सोमबार होबर्ट हरिकन्सविरुद्धको खेलमा सन्दीपले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २४ रन खर्चिंदै ३ विकेट लिएका हुन् ।
सातौं ओभरमा बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरमै एलेक्स डोलनलाई ३ रनमा बोल्ड गरे । नवौं ओभरमा ७ रन खर्चेका उनले विकेट लिन सकेनन् ।
१४औं ओभरको दोस्रो बलमा सन्दीपले ५२ रन बनाएर खेलिरहेका हुरिकेन्सका कप्तान म्याथ्यू वेडलाई एडम जाम्पाको हातबाट क्याचआउट गराए ।
१६औं ओभरमा सन्दीपले म्याक–डर्मोटलाई २८ रनको स्कोरमा एलबीडब्ल्यू आउट गरे ।
सन्दीपले व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गरे पनि उनको टिम मेलवर्न स्टार्सले भने लगातार दोस्रो खेलमा पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित ओभरमा ५ विकेट गुमाएर १५५ रन बनाएको थियो ।
उसका लागि कप्तान ग्लेन म्याक्सवेलले ४७ र निक लार्किनले ४५ रनको पारी खेले । मार्कस स्टोइनिसले २२ रन बनाए ।
१५६ रनको लक्ष्य होबर्ट हरिकन्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कप्तान वेडले ५२, डार्सी सर्टले ३४ तथा बेन म्याकडर्मोटले २८ र जर्ज बेलीले अविजित २७ रन बनाए ।
मेलबर्नले यसअघि पहिलो खेलमा सिड्नी थण्डरसँग पराजित भएकाे थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।