भारतका पूर्व प्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा ...
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – जापानको मन्त्रिपरिषदले विदेशी कामदार भित्र्याउने नीति पारित गरेको छ । नयाँ नीति बनेसँगै नेपालसहित ९ देशका कामदार जापान जान पाउने भएका छन् ।
आउँदो ५ वर्षमा जापानले नयाँ नीतिमार्फत ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने तयारी गरेको छ । नयाँ कामदार भर्नाको प्रक्रिया भने आउँदो चैत १५ सम्ममा टुँगो लगाउने जापान सरकारले जनाएको छ ।
१४ औद्योगिक क्षेत्रसहित नर्सिङ, निर्माण तथा सरसफाईमा विदेशी कामदार प्रयोग गर्ने जापानको तयारी रहेको छ । विभिन्न देशका कामदारलाई सजिलो बनाउन अंग्रेजी, चाइनिज, कोरियन, स्पेनिस, भियतनामिज, थाइ, पोर्चुगिज, इण्डोनेशिएन, नेपाली र टागालग भाषा परिवर्तनका एप्लिकेशन प्रयोगबाट काममा सजिलो बनाउने जापानले तयारी गेको छ ।
नेपालले पनि आवश्यक तयारी थाल्ने श्रम रोजगार तथा सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले उज्यालोलाई जानकारी दिनुभयो । यो विषयमा अब जापानसँग छलफल गरिने पनि उहाँले जानकारी दिनुभयो ।
१८ वर्ष पुगेका व्यक्तिलाई रोजगारीमा लैजाने र कुनैपनि दलालको सहारा तथा कुनै रकम डिपोजिट राख्न पनि नपर्ने व्यवस्था गरिने जापान सरकारले स्पष्ट गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।