कार दुर्घटनामा श्रीमतीको ज्यान जाँदा श्रीमानले तिर्नुपर्याे दुई लाख दिर्हाम ब्लडमनी

 पुष १२, २०७५ बिहीबार १७:२:२७ | उज्यालो सहकर्मी

काठमाडौं – युएईमा आफूले चलाएको कार दुर्घटनामा श्रीमतीको ज्यान जाँदा श्रीमानले २ लाख दिर्हाम ब्लडमनी तिर्नुपरेको छ । भारतका प्रविन पिएले चलाएको कार दुर्घटना हुँदा उहाँकी श्रीमती दिव्या प्रविनको ज्यान गएको थियो ।

आइतबार श्रीमती र २ वर्षका छोरासहित प्रविन पिएले चलाएको कार रस अलखेमामा सडक छेउको ट्राफिक संकेत राखिएको पोलमा ठोकिएर दुर्घटना भएको थियो । दुर्घटनामा २५ वर्षकी दिव्याको ज्यान गएको थियो ।

उहाँ निदाएका कारण दुर्घटना भएको भन्दै अदालतले प्रविनले छोरालाई २ लाख दिर्हाम ब्लडमनी तिर्नुपर्ने फैसला सुनाएको गल्फ न्युजले जनाएकाे छ । यस्तै सडक छेउको ट्राफिक संकेत राखिएको पोलमा क्षति पु¥याएकोमा २५ सय दिर्हाम जरिवाना तिर्नुपर्ने फैसला सुनाएको हो । उनले ब्लडमनी बुझाएर श्रीमतीको शव भारत लगेका छन् । 

श्रीमानको दुर्घायुको कामना गरेर फर्किएकी थिइन् दिव्या 

त्यो दिन भारतका मलायम समुदायका महिलाले श्रीमानको दिर्घायुको कामना गर्दै थिरुभाथिरा पर्व मनाएका थिए । त्यही पर्व मनाउन गएकी दिव्याले पनि भारतको परम्परागत नृत्य प्रस्तुत गर्नुभएको थियो । 

संयोग भन्ने या अरु केही कार्यक्रम सकेर फर्किंदा गर्दा भएको दुर्घटना उहाँको ज्यान गयो । श्रीमान र छोराको भने ज्यान जोगियो । 

 
 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया