बझाङमा फेरि जीप दुर्घटना, चालकको ज्यान गयो
पुस १९, २०८१ शुक्रबार
सर्लाही – जंगली जनावरले बाली नोक्सान गरेर हैरान पारेपछि सर्लाही हरिपुर-१, का किसानहरुले स्थानीय निकायसँग सहयोगका लागि आग्रह गरेका छन।
उनीहरुले डिभिजन वन कार्यालय सर्लाही, हरिपुर नगरपालिका, बरहथवा नगरपालिका हरिवन नगरपालिका र बागमती नगरपालिकासँग जंगली जनावरको छेकवार गर्न आर्थिक सहयोगको लागि आग्रह गरिएको बिहानी सामुदायिक वनका अध्यक्ष दिनेशराज थापाले जानकारी दिनुभयो ।
नजिकै रहेको सामुदायिक वन र साझेदारी वनबाट आएका जंगली जनावरले स्थानीय किसानले लगाएको अन्न बाली उखु बाली नष्ट पार्न थालेपछि उनीहरुले प्रति कठ्ठा दुई हजारका दरले पैसा उठाएर तारजाली लगाउन थालेका छन ।
किसानहरूको मात्र लागानीले पुरै जंगलमा तारजाली लगाउन नसकिने भएकाले डिभिजन वान र स्थानीय जनप्रतिनिधिहरुसँग आर्थिक सहयोगको लागि हारगुहार गरेको स्थानीय गोपाल बस्नेतले बताउनुभयो ।
मुर्तियाको जंगलबाट आएका हरिण, मृग, निलगाई, बदेल, बाँदरलगायतका जंगली जनावरले बाली नोक्सान गरेपछि दिनमा भोक न रातमा निन्द्रा भएको किसानहरुको भनाई छ ।
जंगली जनावर रोक्न यस वर्ष झण्डै एक किलोमिटर क्षेत्रमा तारजालीको घेराबेरा गर्ने र त्यसलाई आगामी वर्ष थप विस्तार गर्दै लैजाने अध्यक्ष थापाले जानकारी दिनुभयो । बिहानी सामुदायिक वनले तारजालीको लागि केही रकम उपलब्ध गराएको र बाँकी रकम किसानहरुले बिघा अनुसारको पैसा उठाएर झण्डै एक किलोमिटर जंगलमा जाली लगाउने तयारी गरेका छन ।
जनावरले बाली नोक्सान गर्न थालेपछि किसानले अहिले जंगली जनावर धपाउन मासिक सात हजार तलब दिएर हेरालु राखेका छन । रात दिन जंगली जनावले दुःख दिन थालेपछि कतिले सस्तो मूल्यमा जग्गा बिक्री गररे बसाइँ सरेका छन । जंगली जनावरले नम्बरी आवदीभित्र नोक्सानी पुर्यारए रित पुर्योर निवेदन दिए स्थलगत मुचुल्का गरेर क्षतिपूर्ति दिन सकिने डिभिजन वन कार्यालय सर्लाही वन अधिकृत माधवप्रसाद देवले जानकारी दिनुभयो ।
स्थानीयवासी बाली जोगाउन र जंगली जनावरको संरक्षण गर्न जुटेकाले यसमा आफूले सक्दो सहयोग गर्ने हरिपुर नगरपालिकाका प्रमुख जमरुद्दिन मंसुरले बताउनुभयो । त्यस्तै जंगली जनावरले केही वर्षदेखि जिल्लाको विभिन्न स्थानमा लगाएको अन्न बालीमा नोक्सानी पुर्याकएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।