एकनारायण भण्डारीकाे गीतमा ईश्वर पोख्रेलको ‘कति राम्री’ सार्वजनिक

 पुष २३, २०७५ सोमबार १४:२७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाै‌ - करिब एक दशक अघि साङ्गीतिक बजारमा सुमन लामाको शब्द र संगीत रहेको गीत ‘रातो रिबन चुल्ठोमा बाटिदिउँला’ बाट राम्रो सफलता मिल्यो, गायक ईश्वर पोख्रेललाई । 

पोख्रेल २०५८ सालमै ‘जानु पर्याे नि म त लाहुर’ बोलको गीतबाट साङ्गीतिक बजारमा आएका थिए । तर २०६४ सालमा बजारमा आएको रातो रिबन नै उनको परिचय बन्यो । अहिले एकनारायण भण्डारीको शब्द र संगीतमा पोख्रेलले आवाज दिएको ‘कति राम्रो’ बोलकोे गीत सार्वजनिक भएको छ ।

‘अर्जुन पोख्रेलको सङ्गीत, शीव पालासको शब्दमा ‘काली मोरी’ र एकनारायणको शब्द– सङ्गीतमा ‘कति बज्यो भनेर सोधम् कि’ मेरा लागि थप परिचय बने, ’गायक पोख्रेलले आए आँप गए झटारो भन्दै ठट्टा गरे, ‘पहिला कम्पनी धाउने चलन थियो । अहिले आफ्नै युट्यूबबाट गीत सजिलै सार्वजनिक गर्न सकिन्छ ।’ 

उनले थपे, ‘तर आधुनिक प्रविधि निकै खर्चिला छन् र प्रतिस्पर्धा पनि छ । लगानीमा जोखिम बढ्दो छ ।’ 

कति राम्री गीतमा मोडलिङ्ग रविन भुजेल र सारा श्रीपाइलीको छ ।
 

अन्तिम अपडेट: फागुन ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया