रोनाल्डोमाथि लागेको बलात्कार आरोप छानबिन गर्न प्रहरीद्वारा डीएनए नमुनाका लागि वारेन्ट जारी

 पुष २७, २०७५ शुक्रबार ७:४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि लागेको बलात्कार आरोप छानबिन गरिरहेको अमेरिकाको लस भेगास प्रहरीले डिएनए नमुनाका लागि वारेन्ट जारी गरेको छ।

अमेरिकाकी पूर्व मोडल क्याथरिन मायोर्गाले लगाएको बलात्कार आरोपमा रोनाल्डोमाथि लस भेगास प्रहरीले अनुसन्धान गरिरहेको छ । आरोपबारे सत्य तथ्य छानबिनका लागि डिएनएको नमुना आवश्यक परेको प्रहरीले जनाएको छ ।

३३ वर्षीय रोनाल्डोका वकिल पिटर एस क्रिष्टएनसनले प्रहरीले गरेको माग अति उत्कृष्ट रहेको बताएका छन् । लस भेगास प्रहरीको वारेन्ट इटालीको अदालती संरचनामार्फत पठाइएको हो । 

रोनाल्डो अहिले इटालियन क्लब युभेन्टसबाट खेल्दै आएका छन् ।  पूर्व मोडल मायोर्गाले सन् २००९ मा रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छिन् । तर रोनाल्डोले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया