नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक
पुस २७, २०८१ शनिबार
इलाम – इलाममा अनसनरत डा.गोविन्द केसीका मागप्रति असन्तुष्ट रहेका बी एण्ड सी अस्पताल बिर्तामोडका सञ्चालक दुर्गा प्रसाईँले कान्तिपुर संवाददाता तथा नेपाल प्रेस युनियन इलामका अध्यक्ष विप्लब भट्टराईलगायतका पत्रकारलाई धम्काएकोप्रति नेपाल पत्रकार महासंघ र युनियनले आपत्ति जनाएको छ ।
बी एण्ड सी अस्पतालका तर्फबाट डा.केसीलाई भेट्न आएका चैतन्य मैनालीका बारेमा पत्रकारले टेलिफोनमार्फत सञ्चालक प्रसाईंसँग बुझ्न खोज्दा अपशब्द बोल्दै अपमान गरेको बताइएको छ । त्यसै विषयलाई लिएर नेपाल पत्रकार महासंघ र प्रेस युनियन इलाम शाखाले प्रेस विज्ञप्ति निकाल्दै आपत्ति प्रकट गरेको हो ।
महासंघका अध्यक्ष कोकिला ढकाल र युनियन सचिव टीका खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रसाईँको अभिव्यक्ति प्रेसमाथि धावा बोलेको उल्लेख गरिएको छ । यस्तो हर्कत प्रदर्शन गर्न नपाइने भन्दै प्रसाईँलाई कारबाहीको गर्न प्रशासनसँग माग गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bijay paudel
Jan. 16, 2019, 11:20 a.m.यस्तै अनावश्यक हल्लाले गर्दा पत्रकार जस्तो गरिमामय पद अपमान हुन् पुगेको छ /