कर्णाली प्रदेशमा साइबर अपराधका घटनाहरु बढ्दै
पुस २७, २०८१ शनिबार
ब्रेक्जिट डिल अर्थात युरोपेली युनियन(ईयू)बाट छुट्टिने बेलायती प्रधानमन्त्री टरिजा मेको योजना संसदमा बहुमतबाट खारेज भएको छ । टरिजा मेको योजनाको विपक्षमा ४३२ जना सांसदले मत दिएका थिए भने उनको समर्थनमा २०२ जना सांसद थिए ।
प्रधानमन्त्री टरिजा मेकै दल कन्जर्भेटिभ पार्टीका ११८ जना सांसदले समते विपक्षी पार्टीसँग मिलेर युरोपेली युनियनबाट अलग्गिने योजनाको विपक्षमा मत दिएका थिए । बेलायती संसदीय इतिहासमा कुनै पनि बिल वा मस्यौदामाथि बहालवाला सरकारको यो ठूलो हार हो ।
प्रधानमन्त्री टरिजा मेले आफ्नो योजनामा ऐतिहासिक हार व्यहोरेपछि विपक्षी लेबर पार्टीले सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको छ ।
लेबर पार्टीका नेता जेरेमी कोर्बिनले संसदमा प्रधानमन्त्रीको ब्रेक्जिट डिल खारेज भएपछि सरकारले सदनको विश्वास गुमाएको बताएका छन् ।
बुधबार संसदमा सरकारविरुद्धको अविश्वास प्रस्तावका बारेमा छलफल हुने उनले बताए । तर कैयौँ सांसद तथा टरिजा मेको सरकारको समर्थन गर्ने दलहरुले भने आफूहरुले ब्रेक्जिट योजनाको विरोध गरे पनि प्रधानमन्त्रीको भने विरोध नगरेको बताएका छन् ।
प्रधानमन्त्री मेले भने आफूले संसदमा विश्वासको मत प्राप्त गरे अर्को मस्यौदा फेरि एकपल्ट संसदमा पेस गर्ने बताएकी छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।