प्रधानमन्त्री ओलीद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

 माघ २, २०७५ बुधबार १८:१०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ ।

२१ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर प्रधानमन्त्री ओलीले पाटन दरकारको स्थलगत अवलोकन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएका पाटन दरबारका ऐताहासिक तथा पुरातत्व महत्वका सम्पदा क्षेत्रमा अवलोकन गर्दै पुनर्निर्माणको अवस्थाका बारेमा जानकारी पनि लिनुभएको छ ।

प्रधानमन्त्री ओलीले पाटन दरबार क्षेत्रका भवन, मन्दिर, सत्तल, धारा, भण्डारखाल क्षेत्र, दरबारका चोकहरुको पुनर्निर्माणको जानकारी लिनु भएको थियो । अवलोकन पछि दरबार क्षेत्रमा सम्बाददाताहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले ललितपुर दरबार क्षेत्रका सम्पदाहरुको  पुनर्निर्माण सन्तोषजनक रुपमा अघि बढेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

प्रधामन्त्री ओलीले सरकारले निजी आवास, विद्यालय तथा धार्मिक एवं सांस्कृतिक क्षेत्रको पुनर्निर्माणलाई विशेष प्राथमिकता दिएको पनि बताउनुभयो । ललितपुर दरबार क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत छ । यसको पुनर्निर्माणमा  युनेस्कोलगायतका संस्थाहरुले पनि अनुगमन गर्ने गरेका छन् ।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया