अछाममा दुई जना किशोरीको हत्या भएको पुष्टि : प्रेम प्रस्ताव अस्वीकार गर्दा घटना भएको प्रहरीको निष्कर्ष

 माघ १९, २०८१ शनिबार १२:१७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – अघिल्लो शनिवार मृत फेला परेका अछामको ढकारी गाउँपालिका–१ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको प्रहरीको अनुसन्धानपछि पुष्टि भएको छ । घटना प्रेम प्रस्ताव अस्वीकार गर्दा घटेको प्रहरीको निष्कर्ष छ ।

गएको शुक्रवार गोठालो गएका इशरा र सरस्वतीको हत्यामा अनुसन्धानका लागि पक्राउ परेकामध्ये दुई किशोरले घटनाको स्वीकार गरेका आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताउनुभयो । उनीहरू १५ र १७ वर्षका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय अछाम प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआई) बी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा दुई जना किशाेरीकाे हत्या भएको खुलेको हो ।

अघिल्लो शुक्रवार बाख्रा चराउनका गएका दुई जना किशोरी अर्को दिन शनिवार शरीरमा ढुङ्गाले थिचेको अवस्थामा मृत फेला परेका थिए ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया