कमलबजार–साँइखोला ३३ केभी प्रसारण लाइनको काम शुरू
माघ १७, २०८१ बिहिबार
टोयोटा कम्पनी लगातार पाँचाैं वर्ष पनि विश्वमै सबैभन्दा धेरै कार बेच्ने कम्पनी बनेको छ । समाचार संस्था रोयटर्सका अनुसार गएको अङ्ग्रेजी वर्ष सन् २०२४ मा टोयोटाले विश्वभर एक करोड आठ लाख वटा कार बिक्री गरेको छ ।
जापानी कार निर्माता कम्पनी टोयोटाको बिक्री गएको वर्ष ३ दशमलव ७ प्रतिशतले घटे पनि विश्वकै ठूलो कम्पनी बनेको खबरमा उल्लेख छ । गएको वर्ष सबैभन्दा धेरै जापानमा नै टोयोटाको बिक्री घटेको छ ।
दोस्रो स्थानमा रहेको जर्मन प्रतिद्वन्द्वी फक्सवागनले ९० लाख वटाभन्दा धेरै कार बेचेको छ । फक्वागनको बिक्रीमा पनि २ दशमलव ३ प्रतिशतले कमी आएको छ । गएको वर्ष टोयोटा र फक्सवागन दुवै ब्रान्डका कारको बिक्री चीनमा पनि उच्च गतिले घटेको छ ।
विश्वभर हाइब्रिड र विद्युतीय गाडीको बिक्री बढे पनि चीनमा भने मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा टोयोटा र फक्सवागनका गाडी बिक्रीमा कमी आएको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।