मौरिस हर्जोगको चर्चित पुस्तक ‘अन्नपूर्ण : प्रिमियर ८०००’ अब नेपाली भाषामा

 माघ १७, २०८१ बिहीबार १५:४१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मौरिस हर्जोगको प्रसिद्ध पुस्तक ‘अन्नपूर्ण : प्रिमियर ८ हजार’ को नेपाली अनुवाद सकिएको छ । नेपालका लागि फ्रान्सकी राजदूत भिर्जिनी कोर्तभालले अनुवादको मस्यौदा फाइनप्रिन्ट बुक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरज भारीलाई हस्तान्तरण गर्नुभएको छ ।

सन् १९५१ मा पहिलो पटक प्रकाशित ऐतिहासिक यात्रावृत्तान्त अन्नपूर्णले विश्वभरिका पाठकलाई मन्त्रमुग्ध पारेको छ । यो पुस्तक अन्नपूर्णको सफल आरोहणबारे हो जुन विश्वकै पहिलो ८ हजार मिटर अग्लो शिखर आरोहण थियो ।

यो पुस्तक दर्जनौं भाषामा अनुवादित भई लाखौं प्रति बिक्री भइसकेको छ । यसले नेपाललाई विश्वभर पर्वतारोहण र साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा परिचित गराएको छ । तर अहिलेसम्म यो पुस्तक नेपाली भाषामा अनुवाद भएको थिएन । यस अनुवादको प्रकाशन नेपाली पाठकहरूका लागि एक महत्त्वपूर्ण उपलब्धि हुनेछ जसले उनीहरूलाई यस अद्भूत साहसिक यात्रासँग आत्मीय रूपमा जोड्ने अवसर दिनेछ ।

फ्रान्सेली दूतावासले वित्तीय सहयोग रहेको यसको अनुवाद जिम्मेवारी फ्रान्सेली केन्द्रलाई दिइएको थियो । फ्रेन्च भाषाका अध्यापकहरू अशोक शाक्य र रिजेन्द्र श्रेष्ठले अनुवाद गरेको यस पुस्तकले नेपालको सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यलाई उजागर गर्दै आएको छ ।

‘अन्नपूर्ण : प्रिमियर ८ हजार’ को नेपाली संस्करण आउँदो जुन ३ मा सार्वजनिक हुनेछ । ठीक ७५ वर्षअघि यसै दिन मौरिस हर्जोग र लुइस लाचेनालले अन्नपूर्णको चुचुरोमा पाइला टेक्नुभएको थियो ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया