कमलबजार–साँइखोला ३३ केभी प्रसारण लाइनको काम शुरू
माघ १७, २०८१ बिहिबार
चितवन – चितवनको भरतपुर अस्पतालले प्रयोगशालालगायतका परीक्षणको रिपोर्ट स्वचालित प्रविधिमा बिरामी आफैँले लिनसक्ने व्यवस्था गरेको छ ।
अस्पतालले एक मेशिन खरिद गरी बिरामीको परीक्षण रिपोर्ट आफैँ लिन मिल्ने व्यवस्था गरेको हो । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले परीक्षण रिपोर्ट लिन लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य गर्न मेशिन जडान गरिएको बताउनुभयो । उहाँका अनुसार सात लाख रुपैयाँमा मेशिन खरिद गरी जडान गरेर सञ्चालनमा ल्याइएको छ ।
अस्पतालका इन्जिनियर चन्द्रमणि बस्यालले आफ्नो रिपोर्ट आफैँ प्रिन्ट गरेर लिन सक्ने व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, नमूना परीक्षण गर्न दिएका बिरामीले बिलमा भएको क्यूआर कोड स्क्यान गरी रिपोर्ट हेर्न र प्रिन्ट गर्न सक्छन् ।
क्यूआर कोड स्क्यान गरी रिपोर्ट प्रिन्ट गर्न मिल्ने मेशिनको परीक्षण सफल भएसँगै सेवा शुरू गरिएको उहाँले बताउनुभयो । मेशिनबाट एक मिनेटमा तीन वटासम्म रिपोर्ट निकाल्न सकिने बस्यालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।