सुनकाे भाउ हप्तामा दुई हजार दुई सय रुपैयाँले बढ्यो
माघ १९, २०८१ शनिबार
प्यालेस्टिनी समूह हमासले आज थप तीन जना बन्धक रिहा गर्ने भएको छ । इजरायल र प्यालेस्टिनी लडाकू समूह (हमास) बीच भएको गाजा युद्धविराम सम्झौताअनुसार आज रिहा हुन लागेका इजरायली बन्धकको सूची प्राप्त भएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
प्राप्त सूचीमा ५४ वर्षका ओफर कलडेरन, ६५ वर्षीय केइथ सेगल र ३५ वर्षीय यार्डेन रहेका र उनीहरु बन्धकमुक्त हुन लागेको खबर परिवारलाई दिइएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
आज रिहा हुनेसहित हमासले रिहा गरेका बन्धकको सङ्ख्या १८ जना पुग्नेछ । हमासको नियन्त्रणमा रहेका भनिएका नेपालका विपिन जोशी यसपटकको सूचीमा पनि परेनन् ।
गएको जनवरी १९ तारिखदेखि युद्धविराम लागू भएयता प्यालेस्टाइनी लडाकु समूहले अहिलेसम्म १५ जना बन्धकलाई मुक्त गरिसकेका छन् भने बदलामा इजरायलले दुई सय ९० जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।
हमासले अस्ति बिहिबार पनि तीन इजरायली बन्धक र पाँच जना थाई बन्धकलाई रिहा गरेको थियो । त्यसअघि चार इजरायली महिला सैनिकसहित ७ जना रिहा भएका थिए । हमासले ६ साता लामो युद्धविरामको पहिलो चरणमा ३३ जना बन्धकहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ ।
त्यसको बदलामा इजरायली जेलमा रहेका झण्डै १९ सय प्यालेस्टिनी बन्दीहरू रिहा हुनेछन् । युद्धविरामको दोस्रो चरणको वार्ता पहिलो चरण सुरू भएको १६ दिनमा हुने सम्झौतामा उल्लेख छ । दोस्रो चरणमा बाँकी बन्धकलाई रिहा गरिनुका साथै गाजा क्षेत्रबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।