इङ्ग्ल्याण्डसँगको टी–२० शृङ्खला भारतले एक खेल अगावै जित्यो

 माघ १९, २०८१ शनिबार ६:४५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतले पाहुना टोली इङ्ग्ल्याण्डसँगको टी–२० शृङ्खला एक खेल अगाडि नै जितेको छ ।

हिजो भएको चौथो खेलमा भारतले इङ्ग्ल्याण्डलाई १५ रनले हरायो । भारतले पाँच खेलको शृङ्खलामा ३–१ को अग्रता बनाएको छ ।

एक सय ८२ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड १९ ओभर ४ बलमा एक सय ६६ रनमा अलआउट भयो । उसका ह्यारी ब्रुकले सर्वाधिक ५१ रन बनाए । भारतका हर्षित राना र रवि बिश्नोइले समान ३ विकेट लिए ।

त्यसअघि पुणेमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो ।

भारतका लागि शिभम दुवे र हार्दिक पाण्ड्याले सर्वाधिक समान ५३ रन बनाए । इङ्ग्ल्याण्डका सकिब मोहम्मदले ३ र जेमी ओभरटर्नले २ विकेट लिए । पाँचौँ तथा अन्तिम टी–२० खेल भोलि हुनेछ ।
  

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया