त्रिदेशीय महिला टी–२० शृङ्खलामा नेपालकाे लगातार दाेस्राे हार
माघ १९, २०८१ शनिबार
सुर्खेत - सुर्खेतमा भएको ट्रक आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको (नेकपा)का दुई कार्यकर्तालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका-९ का पूर्णबहादुर बुढाथोकी र वीरेन्द्रनगर १२ का कमल विसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक प्रतिब क्षेत्रीले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवैजना ‘विप्लव’ समूहका सुर्खेत जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।
‘विप्लव’ समूहले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै विप्लवका कार्यकर्ताले शनिबार बिहान दुई वटा ट्रकमा आगजनी गरेका थिए । उनीहरुले रत्न राजमार्गको सत्तरीमा ना ६ ख ७३१३ नम्बरको ट्रकमा र कर्णाली राजमार्गको बड्डीचौरमा ना ६ ख १७३२ नम्बरको ट्रकमा आगजनी गरेका थिए ।
पार्टीका भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई झुट्ठा मुद्दामा प्रहरीले गिरफ्तार गरेको भन्दै नेकपाले आज बन्दको घोषणा गरेको थियो । प्रहरीले योगी र बुढालाई अपहरण तथा शरीर बन्धक मुद्धा चलाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।