बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
‘डोण्ट कल मी ज्याक स्प्यारो, कल मी क्याप्टेन ज्याक स्प्यारो’ – ( मलाई ज्याक स्प्यारो नभन, क्याप्टेन ज्याक स्प्यारो भन ) ।
चर्चित चलचित्रको श्रृंखला पाइरेट्स अफ द क्यारिबियनको एउटा संस्करणमा ज्याक स्प्यारोको भूमिकामा रहेका अभिनेता जोनी डेपले बोलेको यो सम्वाद निक्कै लोकप्रिय बनेको थियो ।
अहिले फ्रान्सका राष्ट्रपतिको यस्तै हरफ चर्चामा छ । फ्रान्सको स्वतन्त्रता दिवसको कार्यक्रममा पेरिसमा युवा तथा किशोर किशोरीहरुसँग भेट्ने क्रममा एक युवकले राष्ट्रपति इम्यानुयल म्याक्रोनलाई ‘मनु’ भनेर सम्बोधन गरेपछि म्याक्रोनले उनलाइ सम्झाउँदै आफूलाई मनु होइन मिष्टर प्रेजिडेण्ट भनेर सम्बोधन गर्न सुझाएका डेलीमेलले जनाएकाे छ ।
उनले त्यस युवालाइ भने, ‘होइन होइन । मनु होइन, तिमी एउटा औपचारिक कार्यक्रममा छौ, र तिमीले त्यसै अनुसार सम्बोधन र व्यवहार गर्नुपर्छ, उनले भने, ‘तिमी अरुबेला ठट्टा गर्न सक्छौ तर आज फ्रान्सको स्वतन्त्रता दिवसको कार्यक्रममा छौ, त्यसैले सही नियमको पालना गर र मलाई मिष्टर प्रेजिडेण्ट भनेर सम्बोधन गर ।’
ती किशोरलाइ राम्ररी लेखपढ गर्न सुझाउँदै उनले थपे, ‘तिमी विद्रोह नै गर्न चाहन्छौ भने राम्ररी पढ, राम्रो डीग्री हासिल गर र आफूलाई योग्य बनाउ, त्यसपछि मात्र तिमीले अरुलाई लेक्चर दिन सक्छौ ।’
त्यसपछि ती बालकले ‘सरी, मिष्टर प्रेजिडेण्ट’ भन्दै माफी मागेका थिए ।
राष्ट्रपति म्याक्रोन र ती किशो।बीचको यो सम्वाद सामाजिक सञ्जालमा निक्कै र्भारल भएको थियो ।
राष्ट्रपतिका आलोचकहरुले भने उनलाई ‘धनीमानीका राष्ट्रपति’ को नाम दिँदै म्याक्रोनमा गरिबहरुप्रति सम्वेदना नभएको टिप्पणी गरेका थिए ।
गएको वर्ष पनि राष्ट्रपति म्याक्रोनले आफ्नो श्रम सुधार योजनाको विरोध गर्नेहरुलाई ‘कामचोर’ भनेर विपक्षीहरुको आलोचनाको केन्द्रविन्दु बनेका थिए ।
एजेन्सीकाे सहयाेगमा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।