त्रिदेशीय महिला टी–२० शृङ्खलामा नेपालकाे लगातार दाेस्राे हार
माघ १९, २०८१ शनिबार
काठमाण्डौ - नेकपा सांसद नविना लामाले घरभाडा फिर्ता गर्ने बताउनुभएको छ। संसद् सचिवालयमा यसअघि काठमाण्डौमा घर भएको जानकारी गराए पनि भाडा उपलब्ध गराइरहेको उहाँको भनाई छ। विवाह गर्नुअघि बुबाको घरमा र विवाह पछि ससुराको नाममा रहेको घरमा बस्ने गरेको उहाँले उल्लेख गर्नुभएको छ।
संसद् सचिवालयले काठमाण्डौमा घर भएका र नभएका विवरण फारम भराउँदा आफूले काठमाण्डौमा घर भएको पहिले नै उल्लेख गरेकी उहाँको भनाई छ । आइतबार विज्ञप्ति निकालेर उहाँले भन्नुभएको छ, ,‘संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद् सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुःख व्यक्त गर्दछु ।’
सचिवालयको अभिलेखमा भाडा लिने सूचीमा आफ्नो नाम परेकोमा आश्चर्यमा परेको भन्दै उहाँले अहिलेसम्म लिएको घरभाडा कट्टा गर्न सचिवालयलाई आग्रह पनि गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।