अष्ट्रेलियामा एक नेपाली युवालाई आठ महिना जेल सजाय

 माघ १०, २०७५ बिहीबार ७:५५:४२ | साेहम सुबेदी
unn.prixa.net

रोलय कमिसनले उच्चस्तरको सेवा प्राप्त हुने वातावरणका लागि एजकेयरको पूर्ण सुधानर हुने अवस्थाको प्रत्याभूति गर्छ - एज्ड केयर मिनिस्टर

अष्ट्रेलियाको एक अदालतले बुढाबुढीको स्याहार केन्द्रमा काम गर्दा बिरामीलाई दुर्व्यवहार गरेकाे आरोपमा एक नेपाली युवालाई ८ महिनाको जेल सजाय सुनाएको छ । ती नेपाली युवा ४ महिनादेखि जेलमै छन् । उनले अब चार महिना जेल बस्नुपर्नेछ ।

चार महिना अघि नेपाली युवा प्रकाश पौडेलले नियमित स्याहारको क्रममा डिमेन्सियाका रोगी एक वृद्धलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएसँगै उनलाई प्रहरीले फक्रेको थियो । सिड्नीको म्यनली अदालतले पौडेलको क्षमा याचनालाई अस्वीकार गर्दै जेल सजायको फैसला सुनाएको हो । अब उनले  बाँकी चार महिना जेल बसेपछि क्षमाका लागि आवेदन दिन सक्नेछन् ।

एजकेयरमा दुर्व्यवहार भएको भिडियो फुटेजबाट लिएको चित्र

चारमहिना अघि एजकेयरमा आफ्नो बाबुमाथि अमानवीय व्यवहार हुने गरेको प्रमाण पीडितकी छोरीले दिएकी थिइन् । उनले लुकाएर राखेको क्यामाराबाट खिचेको भिडियो सार्वजनिक गरिदिएकी थिइन् । पौडेलले मानसिक समस्या भएका ८२ वर्षीय वृद्धकाे लुगा तानेर लछापछार गरेको, चप्पलले हिर्काएको र अमानवीय तरिकाले खाना खुवाएको भिडियो सार्वजनिक भएको थियो ।

अष्ट्रेलियामा अधिकांश नेपालीले 'एजकेयर'मा काम गर्छन् । प्रकाशले ८२ वर्षीय बृद्धलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि यहाँको सरकारले 'एजकेयर' क्षेत्रलाई व्यवस्थित गर्न रोयल कमिसन गठन गरेको छ ।  सरकारले अष्ट्रेलियाको 'एजकेयर' क्षेत्रलाई उच्चस्तरको सेवा पाउने क्षेत्रको रुपमा व्यवस्थित गर्न लागेकाे छ ।

एजकेयरमा दुर्व्यवहारका घटनाहरु सार्वजनिक भएपछि सुधारका लागि उच्चआयोग रोयल मकिसन गठनको घोषणा गर्दे अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन, तीनजना मध्ये बीचमा

पारिवारिक भन्दा पनि व्यक्तिगत जीवन बाँचिने अष्ट्रेलियामा बुढाबुढी भएपछि मान्छेहरु पैसा तिरेर नर्सिङ होममा बस्छन् । उमेर पाक्दै गएर हात खुट्टा नचल्ने भएपछि "केयरगिभर' अर्थात् हेरचाह गर्ने मान्छेले त्यस्ता वृद्धवृद्धालाई औषधि, खाना र सरसफाइ गराउँछन् । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

साेहम सुबेदी

दुई दशकदेखि विद्युतीय सञ्चारमाध्यममा सकृय सुवेदी अष्ट्रेलियाबाट  उज्यालो अनलाइनका  सामग्री तयार पार्नुहुन्छ। 

तपाईको प्रतिक्रिया