नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

 माघ १३, २०७५ आइतबार ११:५८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारविरुद्ध आन्दोलनरत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

वरिष्ठ चिकित्सक गोविन्द केसीको माग विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सरकारले प्रतिनिधिसभाबाट पारित गरेपछि झनै आक्रोशित भएको नेपाल विद्यार्थी संघले त्यसको विरोधमा आइतबार बिहान काठमाण्डौको चावहिलमा रहेको पशुपति बहुमुखी क्याम्पस अगाडि सरकारविरुद्ध चर्को नारा लगाउँदै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । त्यस क्रममा उनीहरुले गोविन्द केसीको माग सम्बोधन गर्न तथा निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोजना गरेका थिए ।

गएको शुक्रबार नेपाली कांग्रेसको अवरोधकाबीच प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि त्यसको विरोध गर्दै नेपाली कांग्रेसमा आवद्ध नेविसंघले सडक संघर्षलाई तीव्रता दिएको हो । 

कांग्रेसका नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल संघीय सरकार मातहत ल्याउने निर्णय तत्काल लिन पनि सरकारलाई नविसंघले दवाव दिइरहेको छ । सरकारले जनताको मागलाई सुनुवाई नगरेकाले आफूहरु सरकारविरुद्ध आन्दोलनमा जानु परेको नेविसंघको तर्क छ ।

नेविसंघको पशुपति बहुमुखी क्याम्पस ईकाई समितिको आह्वानमा आयोजना गरिएको विरोध प्रदर्शनका कारण चावहिल क्षेत्रको सवारी आवागमनसमेत केहीबेर अवरुद्ध भएको थियो ।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया