कर्णाली प्रदेश समन्वय परिषदको बैठक बस्दै

 माघ १४, २०७५ सोमबार ७:११:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारको आयोजनामा प्रदेश समन्वय परिषदको पहिलो बैठक सोमबारदेखि बस्दैछ ।

प्रदेश र स्थानीय सरकारका साझा संवैधानिक अधिकारको प्रयोग, प्राकृतिक स्रोत साधनहरुको उपयोग, विकास निर्माणका कार्यहरुमा सहकार्यलगायतका विषयमा साझा अवधारणा तयार गर्नका लागि बैठक बस्न लागेको हो । बैठक दुई दिनसम्म चल्नेछ । बैठक बिहान ७ बजेदेखि सुरु भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जानकारी दिएको छ ।  

परिषद बैठकमा प्रदेश र स्थानीय तहका योजनाहरु बीचको अन्तरसम्बन्ध, प्रदेश र स्थानीय कर प्रणालीबीचको अन्तरसम्बन्ध, प्रादेशिक कानुन र स्थानीय तहका कानुनबीचको अन्तरसम्बन्ध र प्रदेश र स्थानीय तहको प्रशासनिक संरचनाहरुबीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरुको कार्यपत्र प्रस्तुत गर्ने प्रमुख सचिव राम प्रसाद थपलियाले जानकारी दिनुभयो ।  

परिषद बैठकमा मुख्यमन्त्री र मन्त्रीहरु, प्रदेश सरकारको प्रमुख सचिव, जिल्ला प्रदेश सरकारका सचिवहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, गाउँपालिकाका अध्यक्ष उपाध्यक्षहरु, र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु सहभागि हुनेछन् ।

प्रदेश सरकार गठन भएको ११ महिना बितिसक्दा बल्ल प्रदेश समन्वय परिषद्को बैठक बस्न लागेको हो ।


 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया