देशलाई हिंसामा धकेल्ने कुनै पनि कार्य सरकारलाई सैह्य हुँदैन : प्रधानमन्त्री ओली

 माघ १५, २०७५ मंगलबार १३:५५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न वहानामा शान्ति खलबलाउने प्रयास भइरहेको भन्दै देशलाई हिंसामा धकेल्ने कुनै पनि कार्य सरकारलाई सैह्य नहुने चेतावनी दिनुभएको छ । 

शसस्त्र प्रहरी बलको १८ औ स्थापना दिवसको अवसरमा मंगलबार हलचोकस्थित शसस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले समाजमा हिंसा फैलाउने, जनतालाई आतंकित पार्ने र शान्ति सुव्यवस्था छैन भन्ने अवस्था श्रृजना गर्ने काम भैरहेको बताउनुभएको हो । उहाँले राष्ट्रिय अखण्डतालाई चुनौती दिने गरी देशद्रोही कामहरुका प्रयास भैरहेको उल्लेख गर्दै उहाँले मुलुकलाई हिंसामा लैजाने र निरंकुशतातर्फ धकेल्ने कुनै पनि कार्य सरकारलाई सैह्य नहुने चेतावनी दिनुभयो ।

शान्ति प्रक्रियाका अवशेषहरुलाई बल्झाउने प्रयास भैरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यस किसिमका काम हुन नदिने बताउनुभयो । पछिल्लो समयसरकारमै रहेका मन्त्रीहरुले सार्वजनिक कार्यक्रमहरुमा विभिन्न दल तथा गैह्र सरकारी संस्थाहरुले द्धन्द्धकालीन मुद्दाहरु व्यूँताएर सरकारप्रति आक्रमण गरेको अभिव्यक्ति दिँदै आएका छन् ।
 
    

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया