त्रिदेशीय महिला टी–२० शृङ्खलामा नेपालकाे लगातार दाेस्राे हार
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले चिकित्सक डाक्टर गोविन्द केसीसँगको सहमति कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभएको छ ।
अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य लाभको कामना तथा उहाँको मागमा ऐक्यवद्धता जनाउन मंगलबार त्रिवि शिक्षण अस्पताल पुगेका पूर्व प्रधान न्यायाधीश श्रेष्ठले अविलम्ब डाक्टर केसीसँगको सहमति कार्यान्वयन गर्न माग गर्नुभएको हो ।
उहाँले बहुमतको प्रयोग अख्तियारी देखाउन नभई विवेकसम्मत काम गर्नमा प्रयोग गर्न पनि सरकारलाई सुझाव दिनुभयो । डाक्टर केसीलाई स्वास्थ्यलाभको कामना गरेर फर्कँदै गर्दा सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा उहाँले आफू कुनै राजनीतिक कित्तामा जोडिन नभइ समुदायको हितको प्रतिरक्षाका लागि लडेका डाक्टर केसीको जीवनरक्षाको पक्षमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘गोविन्द केसीको जीवन नेपाली सार्वजनिक समुदायको हितको प्रतिरक्षाको एउटा प्रमुख पात्रको रुपमा छ । उहाँ हार्नु भो भने सार्वजनिक प्रतिरक्षा प्रणालीले हार्छ ।’
उहाँले सरकारले जवाफदेही ढंगले डाक्टर केसीका माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकार र डाक्टर केसीबीच संवादहीनताको अवस्थाले मुलुक नयाँ चरणको द्धन्द्धमा फस्ने खतरा बढाएको भन्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले सरकारलाई संवादका सबै ढोका खुल्ला राख्न पनि आग्रह गर्नुभयो ।
इलाम पुगेर १६ औ सत्याग्रह सुरु गरेका डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रेपछि काठमाण्डौ ल्याएर त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।