त्रिदेशीय महिला टी–२० शृङ्खलामा नेपालकाे लगातार दाेस्राे हार
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - भेनेजुयलामा देखिएकाे राजनीतिक संकट र त्यसकाे समाधानका बारेमा नेपालले आफ्नाे आधिकारिक धारणा सार्वजनिक गरेकाे छ । परराष्ट्र मन्त्रालय मार्फत सरकारले आफ्नाे आधिकारिक धारणा सार्वजनिक गरेकाे हाे ।
परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै भेनेजुयलामा देखिएको राजनीतिक समस्याको समाधान गर्ने जिम्मा भेनेजुएलाकै नागरिककाे भएकाे बताएकाे छ ।
देशको आन्तरिक राजनीतिक समस्या त्यही देशका नागरिकले समाधान गर्ने भन्दै बाह्य हस्तक्षेप हुन नहुने स्पष्ट पारेकाे हाे । ‘देशको संवैधानिक प्रावधान अनुसार प्रजातान्त्रिक माध्यम र बाह्य हस्तक्षेपविना समाधान हुनुपर्छ,’ विज्ञप्तिमा भनिएकाे छ ।
देशकाे राजनीतिक र संवैधानिक विषयमा अन्तिम निर्णय गर्ने अधिकार भेनेजुयलाकै नागरिककाे भएकाे भन्दै यसमा कसैकाे हस्तक्षेप हुन नहुने मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
केही दिनअघि मात्रै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुयलाकाे आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै विरोध जनाउनुभएकाे थियाे ।
प्रचण्डकाे अभिव्यक्तिपछि अमेरिकाले भेनेजुयलाको सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणा माग गरेको थियो ।
सरकारले जारी गरेकाे विज्ञप्ति पनि भेनेजुयलाकाे सम्बन्धमा अमेरिकी हस्तक्षेप उचित छैन भन्ने गरी आएकाे छ । नेकपाकै सरकार रहेकाे र पार्टीका एक अध्यक्ष प्रचण्डले यसबारेमा बाेलिसकेकाले प्रचण्डकै अभिव्यक्तिलाई सहयाेग पुग्ने गरी सरकारकाे पनि धारणा आएकाे हाे ।
भेनेजुयलाका सम्बन्धमा प्रचण्डले जारी गरेकाे विज्ञप्तिलाई लिएर सत्तारुढ नेकपाभित्रै विवाद देखिएकाे बताइएकाे थियाे ।
प्रधानमन्त्री केपी शर्मा ओली स्विजरल्याण्ड भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीहरुले भेनेजुयलाकाे बारेमा प्रचण्डले जारी गरेकाे विज्ञप्तिकाे बारेमा जिज्ञासा राखेकाे भए पनि प्रधानमन्त्री ओलीले यसबारेमा जानकारी नभएकाे र बुझेर मात्रै बाेल्ने बताउनुभएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।