डोनाल्ड ट्रम्पकाे गैर आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन

 असार ७, २०७५ बिहीबार ९:२२:५४ | उज्यालो सहकर्मी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैर आप्रवासी नागरिकसम्बन्धी आफ्नो नीति परिवर्तन गर्नु भएको छ । 

यस अघि आप्रवासी नागरिकप्रति ट्रम्पको नीतिको आलोचना भएपछि उहाँले नीति परिर्वतन गर्नु भएको हो । 

ट्रम्पको नीति अनुसार कागजात पूरा नभएका आप्रवासीलाई बन्धक बनाउँदा उनीहरुका सन्तानलाई अन्तै लगिएको थयो । अभिभावकबाट विछोडिएका बालबालिकाको तस्बिर सार्वजनिक भएपछि विश्वव्यापी रुपमा विरोध सुरु भएको थियो ।

ट्रम्पले अभिभावकबाट टाढिएका बालबालिकाको तस्बिरकै कारण आफू आफ्नै नीतिबाट पछि हटेको बताउनुभएको छ । उहाँले अन्तत गैर आप्रवासीका बालबालिका आमाबाबुसँग अलग नहुने आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ । 

उहाँले आप्रवासीका परिवारलाई एकसाथ बस्न दिने  प्रतिवद्धता पनि जनाउनुभएको छ ।

यो नीति अनुसार अब अमेरिकामा गैर कानुनी रुपमा बसिरहेका आप्रवासीका परिवारलाई एकसाथ हिरासतमा लिइनेछ ।

तर हिरासतमा आमाबाबुसँगै बालबालिकालाई राख्दा नकारात्मक प्रभाव पर्ने शंका भए बालबालिकालाई छुट्टै पनि राख्न सकिने नीतिमा उल्लेख भएको बीबीसीले जनाएको छ । 

यो नीति कहिलेदेखि लागू गर्ने भन्ने बारेमा भने केहि खुलाइएको छैन । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया