आजको संसद बैठकमा ५ जना मन्त्रीले सांसदको प्रश्नको जवाफ दिँदै

 माघ २३, २०७५ बुधबार ८:४९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रतिनिधिसभाको बैठकमा आज पाँच जना विभागीय मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने कार्यसूची छ । 

दिउँसो १ बजे बोलाइएको बैठकमा गृह मन्त्री रामबहादुर थापा, कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सांसद्ले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको प्रतिनिधिसभा सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर सुरु गरेको प्रतिनिधिसभाले  मन्त्री र सांसदबीच पनि सवालजवाफ गर्न लागेको हो । 

यस्तै आजको बैठकमा नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकका सम्बन्धमा समितिको प्रतिवेदन, लोक सेवा आयोगको ५९ औं वार्षिक प्रतिवेदन, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, प्रस्तुत गर्ने कार्यसूची छ । 

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग, सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पनि सम्बन्धित मन्त्रीले पेश गर्ने कार्यसूची रहेको प्रतिनिधिसभा सचिवालयले जनाएको छ ।
 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया