जसिन्डा आर्डन : पदमै रहँदा आमा बन्ने विश्वकै दोस्रो प्रधानमन्त्री

 असार ७, २०७५ बिहीबार १७:१९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डन आमा बनेकी छिन् ।

उनले आफूले छोरीलाई जन्म दिएको कुरा सामाजिक सञ्जाल इन्स्टाग्राममाफर्त सार्वजनिक गरेकी छिन् । यसका साथै जसिन्डा आर्डन प्रधानमन्त्रीको पदमा रहँदा आमा बन्ने विश्वकै दोस्रो नेता बनेकी छिन् । यसअघि सन् १९९० मा पाकिस्तानकी स्वर्गीय प्रधानमन्त्री बेनजिर भुट्टो आमा बनेकी थिइन् ।

३७ वर्षीया प्रधानमन्त्री जसिन्डा आर्डन ६ हप्ताको सुत्केरी बिदामा बसेकी छिन् । उनको अनुपस्थितिमा अब उपप्रधानमन्त्री विन्स्टन पिटर्सले कार्यभार सम्हाल्नेछन् । तर आवश्यकता अनुसार क्याबिनेटको दस्तावेज भने जसिन्डाले पनि अध्ययन गर्नेछिन् ।

जसिन्डाले अस्पतालका कर्मचारीलाई धन्यवाद दिँदै आफ्नी छोरीको तौल ३.३१ किलोग्राम भएको बताएकी छिन् । 
 

अन्तिम अपडेट: फागुन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया