क्यानडाको टोरन्टो विमानस्थलमा डेल्टा एअरलाइन्सको विमान दुर्घटना...
फागुन ६, २०८१ मंगलबार
भारतको जम्मू कश्मिरको पुलवामा क्षेत्रमा भएको आतंकवादी हमलापछि यतिबेला भारतीयहरु स्तब्ध छन् । उक्त हमलापछि भारतीय सर्वसाधारण नागरिकदेखि बलिउड कलाकारहरुले रोष प्रकट गरिरहेका छन् ।
बलिउड फिल्म उद्योगका महानायक अभिताभ बच्चनसहित कैयौं कलाकारहरु शहीद परिवारलाई सहयोग गर्न अघि बढेका छन् ।
उक्त आतंकवादी हमलापछि शहीद परिवारलाई सहयोगका लागि फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ को टिमले सेना कल्याण कोषलाई एक करोड रुपैयाँ दिने घोषणा गरेको छ ।
फिल्मका निर्माता रोनी स्क्रुवालाले उनको सामाजिक सञ्जालमार्फत यस कुराको जानकारी दिएका छन् । साथै उनले यस समयमा जवानहरुलाई साथ दिनका लागि अघि सर्न सबैलाई आग्रह पनि गरेका छन् ।
RSVP &Team URI committed Rs. 1 Cr to families of URI attack /Army Welfare Fund -will ensure part goes to victims #Pulwama ..but urge more to respond -in small lots - and also our Indian “Unicorns” to donate graciously @Paytm @Olacabs @Flipkart @amazon @narendramodi @anandmahindra
— Ronnie Screwvala (@RonnieScrewvala) February 16, 2019
फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ सन् २०१६ मा पाकिस्तानले गरेको आतंकवादी हमलापछि त्यसको जवाफ स्वरुप भारतीय सेनाले सर्जिकल स्ट्राइक गरेको कहानीमा आधारित फिल्म हो । यस फिल्ममा अभिनेता विक्की कौशलले सैनिक जवानको भूमिका निर्वाह गरेका छन् ।
पुलवामा हमला पछि अभिनेता विक्की कौशलले मिडियासँगको कुराकानीमा भन,े ‘म व्यक्तिगत रुपमा नोक्सान भएको महसुस गरिरहेको छु । आतंकवादवरिुद्ध जवाफ दिनु जरुरी छ । एक राष्ट्रको रुपमा हामी सबैले एक जुट भएर शहीद जवानहरुको परिवारलाई सहयोग गर्न आवश्यक छ । हाम्रो समवेदना उनीहरुको साथमा छ ।’
फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ का निर्देशक आदित्य धरले भने, ‘यो एकदमै दुखद घटना हो । फिल्म उरी बनाइसकेको भएर मैले यो घटना अझै नजिकबाट महसुुस गरको छु । उक्त आतंकवादी हमलामा मैले मेरा भाइहरु गुमाएको छु । अब सरकारले पनि सोचेर बस्ने बेला नभइ केही गरेर देखाउने बेला हो यो । भारतले पाकिस्तानविरुद्ध दबाब सिर्जना गर्न आवश्यक छ । किनकि अब शान्तिको लागि केही कुरा बाँकी नै रहेन ।’
फिल्म ‘उरी द सर्जिकल स्ट्राइक’ मा अभिनेता विक्की कौशल, यामी गौतम, परेश रावलको मुख्य भूमिका रहेको छ ।
यस फिल्मले बक्स अफिसमा सर्वाधिक व्यापार गर्न सफल भएको छ । साथै दर्शकको पनि वाहवाही पाइरहेको छ । २०१९ को जनवरी ११ मा रिलिज भएको यस फिल्मले हालसम्म २०० करोड रुपैयाँ भन्दा बढीको व्यापार गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।